तपाईँ सुन्दै हुनुहुन्छः

आईस बिबिसी कप फुटबलको उपाधि चावहिल स्पोर्टसलाई

बनेपा । चावहिल स्पोर्टस क्लबले नेपाल आईस बिबिसी कप फुटबल प्रतियोगिताको उपाधि क्लबले हात पारेको छ ।

बनेपामा बिहिबार सम्पन्न फाईनलमा चावहिल क्लबले बनेपा स्पोर्टस सेन्टरलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रथम भएको चावहिल क्लबले उपाधि सहित २ लाख र दोस्रो भएको बनोपा स्पोर्टस सेन्टरले १ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका चावहिल क्लबका सोम थापाले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

बनेपा स्पोर्टसका स्टेभन वाज्जा उत्कृष्ट खेलाडी, बनोपा स्पोर्टसकै विशाल सुनुवार उत्कृष्ट किप्पर र चावहिल क्लबका ज्ञाल्जेन सेर्पा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

सबै उत्कृष्ट घोषित भएकाहरुलाई समान ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट टिम घोषित भएको ट्रिनिटन कलेजलाई १० हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button