तपाईँ सुन्दै हुनुहुन्छः

विशेष प्राथमिकताका साथ स्वास्थ्यमा बजेटः उपप्रम यादव

काठमाडौँ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाण्डौको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आज आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री यादवले आगामी बजेटमा दश प्रतिशत स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

उहाँले कान्तिबाल अस्पतालको व्यवस्थापन पक्षलाई स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button