तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा सुधारको खाँचोः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताउनुभयो ।

महासमिति बैठकबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले त्यस निर्णयमा आफ्नो असहमति रहेको बताउनुभयो ।

भेलामा पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टी पुरानै ढर्राबाट चल्न नसक्ने भएकाले कांग्रेसले आफूलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button