तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्घातका कारण कांग्रेस कमजोर : देउवा

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस आन्तरिक अन्तर्घातका कारण कमजोर बनेको बताउनुभएको छ ।
प्रजातान्त्रिक बिचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनको आज काठमाण्डौंमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले पार्टीलाई गुट उपगुटबाट मुक्त गराई पार्टी मजबुत बनाउन सबै तह र तप्काका कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले राजनैतिक सहमतिलाई तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले तोडेको आरोप लागउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका कृष्ण प्रसाद सिटौला, अर्जुननर सिंह केसी, लक्ष्मण घिमिरे लगायतका नेताहरुले नेतृत्व वर्गका कारण कार्यकर्तामा निराशा छाएको भन्नुहुँदै समय र परिस्थितीको मुल्याँकन गरी अगाडी बढ्न पार्टी सभापति देउवालाई सुझाब दिनुभयो ।
कार्यक्रममा मानव अधिकारवादी नेता नुतन थपलियालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने विचार समाजद्धारा प्रकाशित पुस्तकको सभापति देउवाले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button