तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा सुधारको क्रम जारी

काठमाडौं । शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुवातदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो ।

शेयर बजारमा यो साता करीब पाँच अर्ब बराबरको शेयरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत २३.६८ विन्दुले बढेको छ ।

यो साता कूल एक करोड ५२ लाख ६३ हजार ७४९ कित्ता शेयरहरु चार अर्ब ९४ करोड ९४ लाख मूल्यमा किनबेच भएका छन् ।

साताको पहिलो दिन आइतबारदेखि सामान्य रुपमा सुधार हुदै आएको नेप्से परिसूचकमा मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्ने क्रम जारी रह्यो ।

साताको अन्तिम कारोवारको दिन बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button