तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकी गाउँपालिकामा ६३ उद्योग स्थापना

बाँके । बाँकेको जानकी गाउँपालिकाको गनापुरमा ६३ उद्योग स्थापना भएका छन् ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा भने स्वस्फूर्त रूपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।

जानकी गाउँपालिका वडा नं ६ का अध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताउनुभयो ।

गनापुरमा स्थापना भएका ६३ मध्ये छ उद्योग बन्द अवस्थामा छन् भने पाँच नयाँ उद्योग सञ्चालन हुने क्रममा रहेका छन् ।

उद्योगहरुको विस्तारसँगै गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज सडक जोड्ने सात किलोमिटर सडक विस्तार गर्ने कार्य शुरु गरिएको र अहिलेको साँघुरो सडकलाई बढाएर सात मिटर फराकिलो र पक्की सडक बनाउने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button