तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले समृद्धिको जग बसायोः उपप्रधानमन्त्री पोखरेल

पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले समृद्धिको जग बसाईसकेको बताउनुभएको छ ।

ओखलढुंगाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधान मन्त्री पोखरेलले जनतासँग गरेका बाचा पुरा गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा जनतालाई ढाँट्नका लागि नभएर जनतालाई सुखी र देशलाई समृद्ध बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन ल्याएकोे बताउनु भयो ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले संघ, प्रदेश र स्थानीय सरकारको साझा लक्ष्य समृद्ध नेपाल रहेकाले यस अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button