२०७८ साल वैशाख ७ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

रेडियो नेपाल २०७६ जेठ ५ गते १९:१४

काठमाडौं । चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९ हजार ३ सय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका २ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका ९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्ल समेतको प्रहरी टोलीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरण सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लगि राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइने छ ।

सम्बन्धित

न्यायिक समितिबाट ६७ मुद्दा फैसला

१८ मिनेट अगाडि रेडियो नेपाल

सुनको भाउ घट्यो

३५ मिनेट अगाडि रेडियो नेपाल