२०७८ साल वैशाख १० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

रेडियो नेपाल २०७६ जेठ ५ गते १९:५२

धादिङ । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडाँै जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत भएको छैन ।

ना ७ ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

सम्बन्धित

आगलागीबाट ३ घर जलेर नष्ट, लाखौँको क्षति

२ घन्टा अगाडि ध्रुव अधिकारी

मोरङका सिमानाकाबाट आवतजावतमा कडाइ

३ घन्टा अगाडि कुमोद अधिकारी