तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक स्थगित

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पर्सी (मंगलबार) बस्ने गरी स्थगित भएको छ ।

पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी काम टुङ्गो लगाउन आज बस्ने भनिएको बैठक शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको नेकपाले जनाएको छ ।

सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button