तपाईँ सुन्दै हुनुहुन्छः

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न निकायको झण्डै दुई अर्ब बक्यौता रकम असुल गर्न निर्देशन दिएको छ ।
समितिको आज बसेको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय÷अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको वक्यौता एक अर्ब ९५ करोड ३० लाख ७३ हजार रुपैयाँ असुलउपर गर्न बाँकी छ ।

बैठकमा समिति सभापति भरतकुमार शाहले प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजनालाई तदारुकताका साथ कार्यान्वयन गरी नियमितरुपमा प्रगति प्रतिवेदन समितिमा पेश गर्न निर्देशन दिनुभयो ।

समितिले कतिपय विमान कम्पनी कक्षका मुद्दा विचाराधीन रहेको सन्दर्भमा यथाशक्य छिटो किनारा लगाउन महान्याधिवक्ताको कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button