तपाईँ सुन्दै हुनुहुन्छः

सघिंय संसद् भवन निमर्नणको लागी यसै साता टन्डरः शहरी विकास मन्त्री

काठमाडौँ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा सघिंय संसद् भवन, प्रधानमन्त्री आवास लगायतका संरचना निर्माण गर्न पर्याप्त बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।

विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले “नयाँ कार्यक्रमका लागि बजेट पर्याप्त विनियोजन नहँुदा काम गर्न निकै अप्ठेरो पर्ने बताउनुभयो ।

मन्त्री राईले १० अर्बको लागतमा सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण गरिने सङ्घीय संसद्को भवन निर्माणका लागि यसै साता टेण्डर हुने जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले जनप्रतिनिधिलाई किनारा लगाएर गरिएको बजेट तर्जुमाले कस्तो विकास होला भनी प्रश्न गर्दै योजना बनाउने कार्यान्वयन नहुने पुरानै प्रवृत्तिलाई अब दोहरिन दिन नहुने विचार व्यक्त गर्नुभएको थियो ।

समितिका सदस्यहरु गणेश पहाडी, अनिलकुमार झा, रामबहादुर विष्ट, बहादुर लामा, आशाकुमारी विक, विना श्रेष्ठलगायतले आगामी बजेटमा बाहिरी चक्रपथ निर्माण, सांसद आवास भवन र काठमाडौँ सडक विस्तार आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजनको व्यवस्थाका लागि पहल गर्न मन्त्रालयलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button