तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसका अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनले जागरण गीत सम्मेलनको आयोजना गर्ने 

केशव ढुंगाना, काठमाण्डौ । गणतन्त्र दिवसका अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनले जागरण गीत सम्मेलनको आयोजना गर्ने भएका छन् ।

गणतन्त्र दिवस प्रचार–प्रसार उप–समितिको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा बसेको बैठकले गणतन्त्रका उपलब्धीहरूको प्रचारप्रसार गर्न जागरण गीत सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा नेपालमा बोलिने विभिन्न मातृभाषाका गीतहरू समावेश गरिने छन ।
यसैगरी बैठकले गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलन र गणतन्त्रका उपलब्धीहरूको प्रचार–प्रसारका लागि गोरखापत्र दैनिकले ‘गणतन्त्र विशेषाङ्क’ प्रकासन गर्ने, नेपाल टेलिभिजनले बृत्तचित्र निर्माण एवं प्रसारण गर्ने, विभिन्न सञ्चार माध्यमहरूमा सूचना मूलक एवं अन्तरक्रियात्मक कार्यक्रमहरू प्रकाशन र प्रसारण गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button