तपाईँ सुन्दै हुनुहुन्छः

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह्

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

महासंघ र सरकारबीच भएको सहमति अनुसार पुरानो व्यवस्था अनुसार दर्ता भई यातायात सेवा सञ्चालनमा रहेका महासंघका सदस्यलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको हो ।

महासंघले आइतबार सूचना प्रकाशित गरेर सबै यातायात समितिलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन आग्रह गर्दै ५ दिनभित्र कम्पनीमा दर्ता नभए त्यस्ता यातायात समितिको जिम्मा महासंघले लिन नसक्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button