तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको योजना तर्जुमा बैठक सुरु

यशोदा अधिकारी । रेडियो नेपालको वार्षिक योजना तर्जुमा तथा प्रगती समीक्षा बैठक आजदेखि सुरु भएको छ ।

बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि योजना र वार्षिक बजेटको तयारी र चालु आर्थिक वर्षको प्रगतीको समीक्षा गरिनेछ ।

रेडियो नेपालको केन्द्रीय कार्यलयमा बैठकको उदघाटन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले आफ्ना कार्यक्रम र समाचार तथा प्रसारणमा समयानुकुल सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल चाँडै नै सार्वजनिक प्रसारण सेवामा रुपान्तरित हुने भएकोले प्रसारण र कार्यक्रमहरु सोही अनुसारका हुनुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिका सदस्य दीपक पाठकले विगतबाट पाठ सिकेर नयाँ ढङ्गले योजना बनाउन आग्रह गर्नुभयो ।

नायव कार्यकारी निर्देशकहरु अशोक बाँस्कोटा र बुद्धिबहादुर केसीले रेडियो नेपालले आगामी वर्षका लागि पिएसवी अनुकूल योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

योजना महाशाखा प्रमुख पुष्करराज गौतमले योजना तर्जुमा बैठकको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

तीन दिनसम्म चल्ने बैठकमा रेडियो नेपालका सातैवटा प्रदेश प्रसारण केन्द्रका प्रमुख, विभन्नि महाशाखा तथा शाखा प्रमुख र कर्मचारी संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button