तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबार ५ दशमलव ८ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापन सूचक ५ दशमलव ८ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार सेयर कारोबार सूचक ५ दशमलव ८ अंकले घटेर १ हजार ३ सय १४ दशमलव ५५ को बिन्दुमा पुगेको हो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक समेत शुन्य दशमलव ७० अंकले घटेर २ सय ८० दशलमव ३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button