तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटन खेलको स्थल परिवर्तन

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलको स्थाल सारिएको छ ।

प्रतियोगिताको उद्घाटन त्रिवि क्रिकेट मैदान कीर्तिपरमा हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिहीबार जानकारी दिनुभयो ।

त्रिवि मैदानमा शुक्रबारको उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र प्रदेश २ बिच हुने भएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बिच हुने भनिएको थियो ।

उद्घाटन स्थल परिवर्तन भए पनि मुलपानीमा शुक्रबार नेपाल पुलिस र प्रदेश १ को खेल भने हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button