तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमन्त्री बाँस्कोटा

विद्याप्रसाद उपाद्याय । सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदबाट फिर्ता नहुने स्पष्ट पानुभएको छ ।

प्रेस संगठन नेपालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने विषयमा आउने सबै सुझावहरू लिन सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्नुहुँदै त्यसलाई थप मर्यादित र व्यवस्थित बनाउन विधेयक ल्याएको बताउनु भयो ।

सरकार सधँै सुरक्षित र सबल पत्रकारिताको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै मन्त्री बाँस्कोटाले सरकारले जेष्ठ पत्रकारहरुको सामाजिक सुरक्षाका लागि विशेष कोषको स्थापना गरेको समेत जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा समानुपातिक विज्ञापन नीति लागु गर्नुपर्ने, श्रमजीवी पत्रकारलाई न्युनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, सञ्चार क्षेत्रमा हुने विदेशी लगानीमा बन्देज गर्नुपर्ने, सञ्चारगृहको एकल आधिपत्य खारेज हुनुपर्ने, सार्वजनिक शिष्टाचार विपरीतका समाचारको प्रकाशन र प्रशारण नियन्त्रण गर्नुपर्ने, मिडिया काउन्सिल विधेयकमा रहेको जरिवानासम्बन्धी व्यवस्था हटाउनुपर्ने लगायतका माग राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button