तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्ने जनाएको छ ।

उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिन समेत पाइनेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् ।

घटीमा पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिने बैंकले शुक्रवार एक सूचना प्रकाशित गरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button