तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ समितिको वार्षिक प्रतिवेदन पारित

भुवनप्रसाद आचार्य । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकले समितिको वार्षिक प्रतिवेदन २०७६ पारित गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।

आजको छलफलमा भाग लिदै सांसदहरुले समितिको काम कारवाहीलाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्ने, समितिको निर्देशन सरकारले शीघ्र कार्यान्वयको लागि आवश्यक अनुगमन गर्नुपर्ने, गणपुरक संख्या नपुग्दा पटक पटक बैठक बस्न नसकोले आगामी दिनमा आचारसंहिता र कार्यविधि बनाएर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिले केही नयाँ कामको शुरुवात गरेकोले त्यसलाई प्रभावकारी र गतिशील बनाउनुपर्ने बताउनु भयो ।

सांसद घनश्याम भुषालले संसदीय समितिको काम कारवाहीलाई के कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एक समिति नै गठन गरी अध्ययन आवश्यक भएको बताउनु भयो ।

सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक खर्च पारदर्शी बनाउन र असार मसान्तमा मात्र खर्च गर्ने प्रवृतिलाई रोक्न सरकार थप उत्तरदायी र जवाफदेही बन्नु आवश्यक भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button