तपाईँ सुन्दै हुनुहुन्छः

करोडौँको नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुस अन्सारीसहित छजनालाई पक्राउ गरेको छ ।
पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।
“एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारतीय रुपियाँ फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् ।
पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button