तपाईँ सुन्दै हुनुहुन्छः

ए पि एफ द्वारा प्रदेश ३ पराजित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल ए पि एफ क्लब विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार बिहान भएको खेलमा ए पि एफ ले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको ए पि एफ ले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।

ए पि एफ का लागि सुमित महर्जनले सर्वाधिक ९४ र क्याप्टेन पृथु बास्कोटाले ५९ रनको योदान गर्दै अर्धशतक पुरा गरेका थिए भने प्रदिप सिंह ऐरीले ४० रनको योगदान गरे ।

यता बलिङ्ग तर्पm प्रदेश ३ का नन्दन यादव र जितेन्द्र ठकुरीले ३–३ तथा क्याप्टेन पारस खड्का र सुुर्य तामाङ्गले १–१ विकेट लिएका थिए ।

२ सय ८९ रनको विजयी लक्ष्ये पच्छाउने क्रममा प्रदेश ३, ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रनमा सीमित भएको थियो ।

प्रदेश ३ लाई जिताउन ज्ञानेन्द्र मल्लले बनाएको ११७ रन पनि पर्याप्त भएन ।

क्याप्टेन पारस खड्काले पनि ४६ रन बनाएका थिए तर अरु ब्याट्स् म्यानहरुले खासै रन बनाउन नसक्दा प्रदेश ३ ले विजयी लक्ष्य प्राप्त गर्न सकेन ।

यता बलिङ्ग तर्पm ए पि एफ का कमल सिंह ऐरीले सर्वाधिक ३, अविनास बोहोराले २ तथा क्याप्टेन पृथु बास्कोटा र भुवन कार्कीले १–१ विकेट लिएका थिए ।

यस खेलको प्लेएर अफ दि म्याच ए पि एफ का सुमित महर्जन घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button