तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थल निर्माणको काम ७३ प्रतिशत बढी सम्पन्न

भैरहवा । भैरहवास्थित गौतम वुद्ध अन्तराष्ट्रिय विमानसस्थलको भौतिक निर्माणको काम ७३ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलको निर्माण अन्र्तगत धावनमार्गको पीचको काम सम्पन्न भइसकेको छ । हाल १८ प्रतिशतको हाराहारीमा इलेक्ट्रो मेकानिकलसम्बन्धी काम भैरहेको छ ।

विमानस्थलको टयाक्सी वे को पीचको काम ८० प्रतिशत भन्दा बढी सकिएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनु भयो ।

विमानस्थलको मुख्य प्रशासनिक भवनको रङरोगनको काम भैरहेको र कन्ट्रोल टावरको पिनिसिडको काम भैरहेकोले सम्पूर्ण निर्माणको काम डिसेम्वर २०१९ सम्ममा सक्ने र २०२० को जनवरीबाट विमानस्थल सञ्चालन गर्ने गरी निर्माणको काम जारी रहेको छ ।

मेशिन लगायतका औजारहरुको जडानको जिम्मा पाएको थाइलैण्डको एरोथाई कम्पनीले युरोप तथा अमेरिकाबाट मेशिनहरु मगाएको र ती सबै समान ल्याएर डिसेम्बर सम्ममा जडान गरी जिम्मा लगाउने बताएको पनि आयोजना प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button