तपाईँ सुन्दै हुनुहुन्छः

१० महिनामा ११ खर्बको व्यापार घाटा

काठमाडौं । १० महिनामा ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

भन्सार विभागका अनुसार ११ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । जबकी ११ महिनामा ७८ अर्ब रुपैयाँको मात्र वस्तुको निर्यात भएको छ ।

११ महिनामा सबैभन्दा बढी आयात भारतबाट भएको छ । भारतबाट ७ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जबकी जबकी निर्यात जम्मा ५० अर्ब रुपैयाँको मात्र भएको छ ।

यस्तै चीनबाट १ खर्ब ६९ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । निर्यात जम्मा १७ अर्ब ८९ करोडको भएको छ ।

सबैभन्दा बढी पेट्रोलियम पदार्थ,गाडी तथा फलामजन्य वस्तुहरु अत्याधिक आयात हुने सूचीमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button