तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नेतृत्व परिवर्तन सोच्न पनि सकिन्न : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिपुर्ण राजनीतिमा आउनुु बाहेक विप्लव समुहसँग कुनै विकल्प नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिंसाको राजनीतिबाट कसैको भलो नभएकोले वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले बिप्लव समुह वार्तामा आउने भए उनीहरुमाथि लगाइएको प्रतिबन्ध ठुलो समस्या नहुने बताउनुभयो ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना र राष्ट्रको आवश्यकता बम पड्काउने होइन, यतिबेलाको आवश्यकता भनेको विकास निमार्ण र समृद्धिका साथ समाजवादको दिशामा अघि वढ्नु रहेकोले त्यसतर्फ सवै मिलेर लाग्नुपर्नेमा उहाको जोड थियो ।

उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम भईसकेकोले एक दुईवटा बम पड्कदैमा राजनीतिक स्थिरता भएन भनेर सोच्न नहुने वताउनुभयो ।

अध्यक्ष प्रचण्डले मिडिया काउन्सिल विधेयकका विषयमा राष्ट्रिय स्तरमा छलफल चलिरहेको र संसदमा पनि छलफल हुने भएकोले परिमार्जन सहित विधेयक पारित हुने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार प्रभावकारी रुपमा अघि बढिरहेकोले सरकारको नेतृत्व परिवर्तन अहिले आवश्यक पनि नभएको र त्यस विषयमा सोच्न पनि नमिल्ने वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button