तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र कसैको उपहार नभई जनताको रगत पसिनाबाट प्राप्त : सञ्चारमन्त्री बास्कोटा

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई सकिएर अब मुलुक नवनिर्माण र आर्थिक प्रगतिको बाटोमा अघि बढेको बताउनुभएको छ ।

१२ आँै गणतन्त्र दिवसको अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको संयुक्त आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा आयोजित जागरण गीत सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले गणतन्त्र कसैले दिएको उपहार नभई जनताको रगत, पसिना, आशु र राष्ट्रको स्वाधिनतासँग गाँसिएको बताउनुभयो ।

सञ्चारमन्त्री बास्कोटाले गणतन्त्रको रक्षा गर्दै सरकार गरिबि न्यूनिकरण, आधारभुत पूर्वाधारको विकास निर्माण गर्ने नीतिमा केन्द्रित भएर अघि बढिरहेको बताउनुभयो । सम्मेलनमा एकल र संयुक्त गरी ३० वटा जागरण गीत प्रस्तुत गरिएको थियो ।

रेडियो नेपाल र नेपाल टेलिभिजनले सम्मेलनको प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button