तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितलाई ५ लाख सहयोग वितरण

अछाम-अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको नेतृत्वमा गएको सरोकारवालाको टोलिले नगद ४ लाख ७० हजार २ सय १० रुपैयाँ तथा १ लाख ५० हजार बढिको खाद्यान्न र लुगाकपडा वितरण गरिएको हो ।

गत जेठ १० गते भएको आगलागीका कारण ढकारी गाउपालिका ४ बलाताका वडाध्यक्ष भक्तबहादुर बुढा सहित स्थानीय रामबहादुर बुढा, मिनबहादुर बुढा, जोगि बुढा र इन्द्र बुढा गरी ५ परिवारका ९ वटा घरगोठ जलेर ध्वस्त हुँदा करोडौंको क्षती भएको थियो ।

ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले आफ्नो एक वर्ष बरावरको ३ लाख ६० हजार तलव समेत आगलागी पिडितलाइ दिने प्रतिवद्धता गर्नु भएको छ । यस्तै उपाध्यक्ष लक्ष्मी साउदले एक महिनाको तलव पिडितलाइ दिने बताउनु भएको छ ।

लागलागी पिडितको राहतका लागि सदरमुकाम मंगलसेन बजारमा संकलन गरिएको ८० हजार १० रुपैयाँ, दैबिप्रकोप उद्दार समितिको तर्फबाट ५० हजार, ढकारी गाउपालिकाले बजार क्षेत्रबाट र कर्मचारीबाट संकलन गरेको ३ लाख ३४ हजार दुई सय लगायत विभिन्न व्यक्तिबाट संकलन गरिएको रकम र खाधान्न र लत्ताकपडा वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्दार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button