तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका अध्यक्षको मदिरा डिलरमा स्थानियको ताला

अछाम-अछामको बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीयले गाउँपालिका अध्यक्षले संचालन गरेको बर्दादेवी सप्लायर्समा ताला लगाएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाले कमशल तथा गुणस्तरहिन मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको भएपनि गाउँपालिका अध्यक्ष खड्काले कमशल तथा गुणस्तरहिन मदिरा बिक्रि बितरण गर्दै आएको भन्दै स्थानिय तथा प्रहरीले जयगढ बजारमा रहेको उक्त सप्लायर्समा ताला लगाएका हुन ।

बान्नीगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको गत बैशाख २५ गतेको बैठकले गाउँपालिकामा बिक्रि बितरण हँुदै आएको कमसल तथा गुणस्तरहिन मदिरा कर्णली, किसान, महाकाली नामक सौँफि तथा घरेलु मदिरा बिक्रि बितरणमा निषेध लगाउने निर्णय गरेको थियो ।

बैशाख २५ गतेको गाउँ कार्यपालिका बैठकले यस्ता कमसल खालका मदिरा बन्दको निर्णय गरेसँगै गाउँपालिकाले जयगढ प्रहरी चौकिलाई कमशल तथा गुणस्तरहिन मदिरा नियन्त्रण गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । गाउँपालिकाले पत्राचार गरे सँगै जयगढ प्रहरी चौकिले सोमबारमात्रै कमशल खालको मदिरा बिक्रि गर्ने र मदिरा सेवन गर्ने २ जनालाई पक्राउ गरि कारबाही गरेको थियो ।

सर्वसाधारण तथा सोझासाझालाई पक्राउ गरि जयगढ प्रहरी चौकिले अन्यायपुर्ण ढँगबाट कारबाही गरेका भन्दै आक्रोशित बनेका स्थानीयले मंगलबार जयगढ प्रहरी चँौकि घेराउ गरेका थिए । सर्वसाधारणलाई दुःख दिने नियतका साथ २ जनालाई कारबाही गरेको भन्दै सयौँको सँख्यामा आएका स्थानीयले प्रहरी चौकी घेराउ गर्दै कमशल तथा गुणस्तरहिन मदिराको थोक कारोवार गर्दै आएका गाउँपालिका अध्यक्ष खड्काको सप्लायर्समा छापा मार्नु पर्ने र अवैध मदिरा बरामद गर्नुपर्ने माग राख्दै स्थानिय समाजेसवी नवराज साउँद नेतृत्वको टोलीले मँगलबार साझ प्रर्दशन समेत गरेका थिए ।

घण्टौँ जयगढ प्रहरी चौकि घेराउ गरेसँगै स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक जगत मगरको नेतृत्वमा आएको टोली र स्थानियवीच बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रमा सँचालमा रहेका मदिरा बितरण पसलमा कमशल तथा गुणस्तरहिन मदिराका लागी छापा मार्ने सम्झौता भएपछि स्थिति सामान्य बनेको थियो । अहिले तालाबन्दी गरिएपनि अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गर्नुपर्ने स्थानियको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button