तपाईँ सुन्दै हुनुहुन्छः

हिंसाका बाछिटा गणतन्त्रका लागि अशुभः पौडेल

डोटी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताउनुभएको छ ।
जागरण अभियानका क्रममा डोटी पुग्नुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा हिंसाका कारण गणतन्त्र जोखिममा पर्नसक्ने खतरा औल्याउनुभयो
लामो त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा अहिले देखिन थालेका हिंसाका बाछिटाहरुले अशुभ संकेत दिईरहेको उहाँले बताउनुभयो । त्यसैले गणतन्त्रको रक्षाका लागि हिंसा रोक्न उहाले आग्रह गर्नुभयो
वरिष्ठ नेता पौडेलले जनतालाई रिझाएर आफ्नो अभिमत स्थापित गर्न विप्लव समूहसँग आग्रह गर्नुभयो ।
हिंसाको समाधान खोज्न सरकारसँग पनि उहाँले आग्रह गर्नुभयो । वार्ता र छलफलका माध्यमबाट निकास खोज्न सरकार पनि तत्पर हुनुपर्ने बताउदै उहाँले यसले मुलूकलाई खतराबाट जोगाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button