तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्यालयमा एक्सन् रुम स्थापना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यलयमा स्थापना गरिएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालन विविध पक्षमा संक्षिप्त कुराकानी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताउनुभयो ।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत् एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button