तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गर्नुभएको भन्दै विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको हो ।
उपाधी ग्रहण गर्नुभएपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानको रुपमा लिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोरिया सही नीति, सही दृष्टिकोण र दृढ सङ्कल्पबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो, नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।”
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button