तपाईँ सुन्दै हुनुहुन्छः

बालक हत्या गर्ने अपहरणकारी पक्राउ

बीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका एक बालकको अपहरण गरी हत्या गर्ने ३ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको गत जेठ १० गते शुक्रवार अपहरण गरी अपहरणकारीले सोही दिन हत्या गरेको खुलेको छ ।
विद्यालयबाट फर्कँदै गरेका बालक साहलाई शम्भु साहको घर नजिकै डेरा गरी बस्ने भारतीय नागरिक विकास शर्माले आफ्ना २ जना साथीसहित अपहरण गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीमा रहेको खोलामा फेला पारेको छ ।
शर्माले नै प्रहरीलाई बालकको शव देखाएर भाग्न खोजेको र सो क्रममा प्रहरीले गोली चलाएपछि उनीहरु नियन्त्रणमा आएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
बालकका पिता शम्भुसँग बदला लिने र पैसासमेत कमाउने उद्देश्य राखेर शर्माले आफना साथीहरु बारा े कलैया उपमहानगरपालिका –११ का २१ वर्षीय सिकेन्द्र तेली बाराकै खपरत्तत्ता बस्ने वर्ष २१ को रामविनेश महतोको सहयोगमा बालकको अपहरण गरेको अनुसन्धानबाट खुलेको छ ।
अपहरणकारीले शम्भुसँग बालकको फिरौती वापत ३० लाख रुपैयाँ माग गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button