तपाईँ सुन्दै हुनुहुन्छः

देउमाइ नगरपालिका फाइनलमा प्रवेश

काठमाडौं । देउमाइ नगरपालिका इलाममा जारी सुर्योदय मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुर्योदय नगरपालिकाको करफोक खेल मैदानमा बुधवार भएको खेलमा झापाको शिवसताक्षी नगरपालिकालाई २ का विरुद्ध ४ गोलले पराजित गदै देउमाई नगरपालिकाले फाइनलको यात्रा तय गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

दोस्रो सेमिफाइनल कन्काई नगरपालिका र मेचीनगर नगरपालिकाबीच विहिवार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button