तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको सक्रियतामा खानेपानी योजना

मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिकाका महिलाहरु खानेपानीको समस्या समाधान गर्न सक्रिय भएर लागेका छन् । भिमफेदी गाउँपालिकाको वृहत खानेपानी योजनाबाट लाभान्वित हुने उपभोक्ताहरु योजना सम्पन्न गर्न श्रमदानमा जुटेका छन् । आगामी असारभित्रै योजना सम्पन्न गरेर ३ सय १९ घर र क्षेत्रीय कारागार समेत लाभान्वित हुने योजनामा हरेक घरधुरीले १३ दिन श्रमदान गर्नुपर्नेछ ।

हालसम्म नौं सय दिनको श्रमदान पूरा भइसकेको छ । श्रमदानमा महिलाको सहभागिता उल्लेख्य संस्थामा रहेको छ ।
पाइपलाइन विछ्याउन सयौंको संख्यामा महिला उपभोक्ताहरु सहभागी भएका थिए । भीमफेदी गाउँपालिकाको ठोस्नेघारीस्थित मुहानबाट पानी ल्याउन साढे ५ किलोमिटर पाइपलाइन बिछ्याउने काम भइरहेको छ । पाइप बिछ्याउन सयौं उपभोक्ता सहभागी भइरहेका छन् ।

१ करोड २८ लाख लागत अनुमान रहेको योजनामा भीमफेदी गाउँपालिकाको ३८ लाख रुपैयाँ लगानी रहेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभयो । कुल लागतमा उपभोक्ताको श्रमदान करिब २० प्रतिशत हुने बताइएको छ । खानेपानी योजनाबाट भीमफेदी गाउँपालिकाको ५ र ६ नम्बर वडाक्षेत्र भीमफेदी बजार, छवेली, सिमलटार, धुसेनी, चारगाउँ, ९ सय कैदीबन्दी रहेको क्षेत्रीय कारागार लाभान्वित हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button