तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक युवकको मुत्यु

तुलसीपुर-सवारी दुर्घटनामा परि तुलसीपुरमा एक युवकको मुत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा निवासि २७ बर्षीय भक्तबहादुर पुन रहेको प्रहरीले जनाएको छ । तुलसीपुरबाट बेलटाकुरा तर्फ जादै गरेको रा २ प १९१७ नम्वरको मोटरसाईकललाई रा १ त २८२९ नम्वरको ट्याक्टरले तुलसीपुर ६ लक्ष्मीनारायण मन्दिर नजिकै बुधवार साँझ ठक्कर दिदा उनी घम्भिर घाईते भएका थिए ।

पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मुत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मोटरसाईकलको पछाडी बसेका देबु दहितको कोहलपुरमा उपचार भईरहेको प्रहरीले बताएको छल ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button