२०७८ साल वैशाख ७ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट सभासद्लाई संविधानसभा पदक प्रदान

पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकोमा १ हजार १ सय ६ सभासद्लाई सम्मान गरिदैछ ।

प्रबिण पोखरेल÷रासस २०७६ जेठ १६ गते १३:४३

काठमाडौँ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पुर्याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको छ । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

सम्बन्धित

लुम्बिनी प्रदेशमा जसपाबाट थपिए तीन मन्त्री

७ घन्टा अगाडि रामप्रसाद आचार्य

थापाथलीबाट एमाले मुख्यालय सञ्चालित

९ घन्टा अगाडि रेडियो नेपाल