तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा अघि:प्रम ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक क्षेत्रमा महिला सहभागिता एवं अधिकारका सवालमा नेपाल विश्वका विकसित देशहरुभन्दा पनि अघि रहेको बताउनुभएको छ ।
प्रथम राष्ट्रिय महिला अधिकार दिवसको आज काठमाडौमा उद्घघाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा महिलाका सन्दर्भमा ल्याईएका व्यवस्था कार्यान्वयनमा केही समस्या भए पनि त्यसलाई सुधार गर्दै अघि बढने प्रतिवद्धता जनाउनुुभयो ।
प्रधानमन्त्री ओलीले महिलाको उत्थान बिना मुलुक समृद्ध र सुखि बन्न संभव नरहेको भन्नुहुँदै महिलाको हक अधिकार र उत्थानका लागि संविधानले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दे अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली महिलासँग असाधारण क्षमता रहेको र अवसर पाएको स्थानमा महिलाले राम्रो काम गरेको उदाहरण दिदै महिलाको सम्मान गर्न सबैलाई आग्रह गर्नुभयो ।

दिवसको अवसर पारेर ‘लैङ्खिक विभेदको अन्त्य , समृद्ध नेपालको गन्तव्य’ भन्ने मुल नाराका साथ यसवर्षलाई लैङ्खिक हिंसा विरुद्धको अभियान वर्ष घोषणा गरिएको छ । यसवर्षभर लैङ्खिक विभेद न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
२०६३ जेठ १६ गते तात्कालिन प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायत विषय समेटेर ततत्कालिन सांसद रहनुभएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएकोे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।
त्यसै दिनको सम्झनामा यस वर्षदेखि जेष्ठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउन थालिएको हो ।
कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भुमि व्यवस्था सहकारी तथा गरिबि निवारणमन्त्री पदमा अर्याल र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, २०६३ जेठ १६ गते तात्कालिन सभामुख सुवाष नेम्वाङ उक्त प्रस्तावका समर्थक नेपाली काँग्रेसकाहरु नेता एन.पी साउद र कमला पन्त र नारायण सुवेदी पनि सहभागि हुनुहुन्थ्यो ।
त्यसैगरी कार्यक्रममा देशभरका स्थानिय तहका महिला जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button