तपाईँ सुन्दै हुनुहुन्छः

सवै तहका कर्मचारीका लागि समान खालको व्यवस्था हुन्छ:मन्त्री लालबाबु पण्डित

काडमाडौँ-संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीहरुलाई जवाफदेही भएर जिम्मेवार रुपमा काम गर्ने वातावरण ऐन मार्फत बनाउनु पर्नेमा जोड दिनु भएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको संघीय निजामति सेवाको गठन-सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा मन्त्रि पण्डिलतले ऐनले सवै तहका कर्मचारीका लागि समानखालको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

मन्त्री पण्डितले सेवामा रहदा गतल गर्नेलाई दण्डित गर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिदै कर्मचारीको सरुवाका लागि चक्रिय र अनुमान योग्य सरुवामा गृहकार्य भैरहेको जानकारी दिनुभयो ।  मन्त्री पण्डितले विधेयकमा व्यवस्था भएका हरेक विषयमा गम्भिर रुपमा छलफल गरेर संशोधन र छलफलका क्रममा उठेका विषय समेटेर अझ समृद्ध बनाउन आफु तयार रहेको समेत बताउनुभयो ।

छलफलमा संशोधनकर्ता सांसदहरुले सवै कर्मचारीहरुलाई सेवामा समान अवसरको सिजर्ना गर्नुपर्ने, गल्ती गर्नेलाई सजाय गर्ने व्यवस्था प्रभावकारी बनाउनु पर्ने, गल्ती गर्ने र्काचारीसँगै विभागीय प्रमुख समेत जिम्मेवार हुने र कारवाही भागीदार हुने व्यवस्था गर्नु पर्ने, सरुवालाई प्रभावकारी बनाइनु पर्ने, सरुवा गर्न बस्तुगत आधार खुलाउनु पर्ने लगायतका विषयमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button