तपाईँ सुन्दै हुनुहुन्छः

तरकारीले बढायो आम्दानी, भारत जानुपर्ने बाध्यता टर्यो

सल्यान-सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा १ को आमखोलीमा तरकारीबाटै किसानले वार्षिक लाखौं आम्दानी गरी रहेका छन् ।
समूहमा आवद्ध भई तरकारी खेतीमा लागेका किसान हाल व्यवसायिक खेतीमा लागेका हुन । उनीहरुले एक सिजनमा मात्रै १ लाख देखि डेढ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।

तरकारीबाटै एक सिजनमा ५० हजार देखि १ लाख बराबरको आम्दानी गर्ने गरेको किसान टोपवहादुर वुढाक्षेत्रीले बताउनुभयो। धान भन्दा तरकारीबाटै फाईदा हुने भएकोले धान लगाउन छााडेर तरकारी खेतीमा लागेको उनको भनाई छ ।

तरकारी खेती गर्न थालेको पाँच वर्ष भएको बताउदै बुढाक्षेत्रीले तरकारीखेती गर्न थालेपछि कहिल्यै दुई चार सय रुपैयाको दुःख नपरेको बताउनुभयो ।  तरकारी गरेर वर्षमा ३ देखि ४ लाख रुपैया कमाई गर्ने गरेको तुङ्ग बहादुर विसीले बताउनुभयो। ६ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका विसीले अर्को वर्षदेखि जमिन भाडामा लिएर थप तरकारीखेती गर्ने योजना बनाएका छन् ।

यस्तै कालिमाटी गाउँपालिका वडा न २ पुतलीबजारका ५२ वर्षिय डम्बर बहादुर खत्री तरकारी खेती गर्न थालेपछि मजदुरीका लागि भारत जान छोडेका छन् । तरकारी खेतीलाई व्यवसायिक बनाए पछि भारत जान नपरेको खत्रीको अनुभव रहेको छ ।

१५ वर्षदेखि व्यवसायिक तरकारीखेती गर्दै आइरहेका खत्रीको बारीमा अहिले काक्रो, करेला, टमाटर, सिमि, बोडी, भिडेँखुर्सानी लगायतका तरकारी रहेका छन् ।  आफुहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारीकरणमा समस्या नभएको कुल प्रसाद भण्डारीले बताउनुभयो। केही तरकारी स्थानीय बजारमा खपत हुन्छ । बाँकी सदरमुकाम खलंगा, दाङ्ग, सुर्खेतको बोटेचौर पठाउने गरेको उनले बताउनुभयो।  पछिल्लो समय भारतिय तरकारीले स्वदेशी तरकारीलाई केही विस्तापित गरे पनि तरकारी खेतीले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएको किसानहरुको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button