तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरु ‘एक घर, एक मौरीघार’ अभियानमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लास्थित पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिका किसानहरु ‘एक घर, एक मौरीघार’ अभियानमा जुटेका छन् ।

कृषि नगर पाँचखाल र अर्गानिकोन्मुख भुम्लु गाउँपालिका आफ्नो क्षेत्रमा मौरीपालनको सम्भावना रहेको जनाउँदै मौरीघार वितरण थालेका हुन् ।

पाँचखाल नगरपालिकापाले कृषकका लागि हाल २२४ वटा मौरी घार व्यवस्था गरेको छ । वडा ९ नं स्थित पलाञ्चोकबाट घार वितरण थालिएको हो ।

क्रमैसँग सबै नगरवासीलाई मौरीपालन गर्न घार वितरण गर्दै जाने नगरप्रमुख महेश खरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button