तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिको फरक व्याख्या भयोः अध्यक्ष प्रचण्ड

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण समयका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरेको बताउनु भएको छ ।

सुनसरी क्षेत्र नं–१ मा कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्नुहुदै अध्यक्ष प्रचण्डले सहमति जे भए पनि सहमतिमै प्रधानमन्त्री केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो ।

आजै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुर्दै अध्यक्ष दाहालले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक रुपमा उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा आफू र प्रधानमन्त्री दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतालाई अनावश्यक रुपमा विभाजित नहुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button