तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारले अनियमितताको छानबिन गर्नुपर्छ:देउवा

बुटवल-नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटार जग्गा ब्हाइट बडी बिमान लगायतका प्रकरणको शुक्ष्म अध्ययन अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई आग्रह गर्नु भएको छ ।नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान भैरहवा बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय अख्तियारले बालुवाटार, ब्हाइट बडी बिमान लगायतका गम्भिर प्रकृतिका बिषयको शुक्ष्म अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचारमा ठुला भ्रष्टाचारका कुरा उठादा तपाईको पनि नाम जोडिन्छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा काग्रेस सभापति देउवाले आफनो त्यसमा कुनै सम्लग्नता रहेको र संसदमा आफुले स्पष्ट कुरा राखिसकेकोले यस्ता बिषय अख्यियारको अनुसन्धानबाट स्पष्ट हुने बताउनुभयो ।

पुर्वप्रधानमन्त्री देउवाले मिडिया बिधेयक ल्याएर सरकारले प्रेसलाइै नियन्त्रणमा राखी निरंकुशता लादन खोजेको आरोप लगाउनु भयो । उहाले मिडिया बिधेयक फिर्ता लिन पनि आग्रह गर्नु भयो ।उहाले न्याय पालिका, राष्टिय मान अधिकार आयोग र प्रेसलाई स्वतन्त्र रुपमा राख्दा लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताउनुभयो ।

काग्रेस सभापति देउवाले पार्टीले गठन गरेको छाया सरकारका मन्त्रीहरुले सम्वन्धित मन्त्रालयमा भएका कमी कमजोरीको खोजी गरी संसदमा प्रभावकारी रुपमा उठाउने बताउनु भयो ।पार्टीमा नेतृत्व हस्तान्तरणको बिषय उठेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा उहाले अहिले काग्रेस एक हुने बेला छ महाधिवेशनमा त्यो कुरा गरौला भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button