तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा संकलनका कारण डोल्पाका गाउँहरू सुनसान

डोल्पा । डोल्पाका अधिकांश पाटनमा यार्सा संकलन सुरु भएपछि गाउँ सुनसान बनेका छन् । जगदुल्ला, भित्रवन, कागमारा, फूलबारी, कुनासा, भोक्पा, भम्पे, डोप्के, माटे, छमकुनी, बासुदा, नाउरे, सागरलगायत पाटन गत १३ गतेबाट यार्सा टिप्न खुला गरिएका छन ।
युवाहरू यार्सा संकलन गर्न विभिन्न पाटन गएपछि गाउँमा बृद्ध र बालबालिका मात्र रहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनु भयो । गाउँ मानवविहीन बनेका छन शाहीले भन्नु भयो । बालबालिकासमेत यार्सा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका छन् । पाटन नजिकका गाउँका बासिन्दाले पशु चौपाया पाटन क्षेत्रमै लगेका छन् शाहीले भन्नु भयो । घरमा ताला लगाएर अधिकांश परिवार यार्सा टिप्न पाटन पुगेका छन् ।
स्थानीयले वर्षभरिको परिवारको खर्चको जोहो यार्सा संकलनकै रकमबाट गर्ने भएकाले बालबालिकादेखि वृद्धसम्म पाटन जाने गरेका हुन । विद्यार्थी नआउँदा शिक्षक हाजिर गर्दै घाम तापेर फर्कने गरेको अन्नपुर्ण माध्यामिक विद्यालय सर्मीका प्रधानाध्यापक नारायणी ठकुल्लाले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीमध्ये २०देखि ३० जना मात्र आउन थालेपछि पठनपाठन रोकिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका १ सय १३ विद्यालयमध्ये १ सय ९ मा शिक्षक नियमित उपस्थित भए पनि विद्यार्थी नहुँदा पठनपाठन रोकिएको छ । एकाइका विद्यालय निरीक्षक डिल प्रसाद रोकायाले शिक्षक विद्यालय जाने गरे पनि हाजिर गरेर फर्कने गरेको बताउनु भयो । विद्यालयहरु बन्द छन भन्न नमिल्ने र अघोषित बन्द जस्तै छन् भन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button