तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण आरोहण दिवस आज

काठमाडौँ-आज  अन्नपूर्ण आरोहण दिवस मनाइदै छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको संझना गर्दै यो दिवस मनाउन लागिएको हो

अन्नपूर्णको गरिमा र महत्वलाई बचाउन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले उक्त हिमालको पहिलो आरोहण गरिएको दिन आज अर्थात  जुन ३ मा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ ।

सङ्घका अध्यक्ष हरि भुजेलका अनुसार यस वर्षको अन्नपूर्ण आरोहण दिवस कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा मनाउन लागिएको छ । महोत्सवको अवसरमा आज अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । कूल ४२.१९५ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त म्याराथन दौडमा  विदेशीसहित ६० जना सहभागी हुने  छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button