तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुबाहक बस पल्टिदा एक जनाको मृत्यु , १२ जना घाइते

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा गएराती यात्रुबाहक बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । कपिलवस्तुको तौलिहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख ८३९ नम्वरको बस पुर्वपश्चिम राजमार्गको बासगढीमा एक्कासी अनियन्त्रित भई पल्टिदा बुटवल उपमहानगरपालिका वडा नम्वर ११ की ५० माया श्रेष्ठको मृत्यु भएको प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन । ति मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button