तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ समूह विजेता बन्दै सेमिफाईनलमा

परेश सापकोटा । प्रदेश ३ समूह विजेता बन्दै जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले समूह ए बाट ६ अङ्क सहित नेट रनरेटका आधारमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यो खेल सम्पन्न भएसँगै नेपाल ए पि एफ क्लब समूह उप विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरमा भएको खेलमा सुदुरपश्चिमले दिएको १ सय ५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो ।

प्रदेश ३ का लागि ईसान पाण्डेले सर्वाधिक ५३ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

उता बलिङ्ग तर्फ १० ओभरमा मात्र २६ रन खर्चेर २ मेडन र सर्वाधिक ३ विकेट लिने प्रदेश ३ का सुर्य तामाङ्ग यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।

मुलपानी मैदानमा सोमबार नै भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको थियो ।

यो खेलमा जित या हारले व्यक्तिगत तथ्याङ्कमा मात्र असर पार्ने भए पनि दुवै टोलीको सेमिफाईनल सम्म पुग्ने अवस्था भने थिएन ।

अब सेमिफाईनलमा प्रदेश ३ ले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ भने नेपाल ए पि एफ क्लबले नेपाल पुलिस क्लब संग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button