तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ दिल्लीमा रेल सेवा सञ्चालनसम्बन्धी वार्ता हुने

काठमाडौं । नेपाल र भारत बीच यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा रेल सेवा सञ्चालनसम्बन्धी वार्ता हुने भएको छ ।

नेपाल र भारत बीचमा रहेको अन्तर सरकारी रेल सेवा अन्र्तगत तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाली रेल मार्फत कार्गो ढुवानी सञ्चालन, रेल मार्फत हुने पारवहन ढुवानी गर्न सहजीकरण गर्ने लगायतका विषयहरुमा छलफल हुने वाणिज्य तथा आपूिर्त मन्त्रालयले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूिर्त मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वको नेपाली टोली बैठकमा सहभागी हुनेछ ।

बैठकमा नेपाल र भारत बीचमा रेल मार्फत हुने पारवहन सेवालाई सरल सहज र कम लागतमा गर्ने सम्बन्धमा नेपालको तर्फबाट विशेष रुपमा जोड दिइने उद्योग वाणिज्य तथा आपूिर्त मन्त्रालयका उपसचिव तर्कराज भटटले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button