तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालमा दलाली गर्ने दुई पक्राउ

अजय कुमार झा, जनकपुरधाम । धनुषाको जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि आउने बिरामीलाई अन्यत्र लैजान बाध्य बनाउने २ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पतालमा आउने बिरामीलाई बाटोमै रोकेर जर्बजस्ती निजी क्लिनिकमा जान बाध्य पार्ने सिराहाको सिराहा नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय सञ्जय कामती र जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मनोज यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button