तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउने सम्भावना रहेको छ । सोमबार भएको नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएपछि  आज दिउँसो नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ ।

बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजनका विषयमा पनि छनफल हुने बताइएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच आन्तरिक गृहकार्य नसकिएकाले बैठक आजसम्म सरेको हो । दुई अध्यक्षले हिजो पनि बालुवाटारमा आपसी छलफल गर्नुभएको थियो ।  सचिवालय बैठक पछि पनि अध्यक्षद्वय ओली र दाहाल विच अनौपचारिक छलफल हुने बताइको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button