तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केसको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे भोली टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले भोली कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजनको विषय टुङ्गो लागेपछि पार्टी एकिकरणको बाँकी काम आगाडि बढाउने सम्वन्धमा पनि छलफल भएको बताउनुभयो ।

सचिवालयको अर्को बैठक भोली दिउँसो १२ वजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button